श्रावण ५, २०८२ सोमबार July 21, 2025

बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु उस्तैउस्तै – अध्यक्ष नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई पूर्व एमालेको कुनै मायाँ नभएको बताका छन्।

शनिबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–नेपालसमूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले अहिले मदन भण्डारी फाउण्डेसनको गुट चलाएको आरोप लगाए। साथै बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु उस्तैउस्तै भएको उनको टिप्पणी छ।

वामदेव गौतमले अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरिरहेको बताएका हुन्। कुनै बेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर केपी ओलीको राजीनामा सबैभन्दा पहिला गौतमले नै मागेको उल्लेख गर्दै अहिले फेरि ओलीलाई सुधार्न उनले नै कोसिस गरिरहेको तर आफूले ‘बालुवा पेलेर तेल निस्किँदैन तरपनि कोसिस गर्नुस्’ भनेको बताए।

अध्यक्ष नेपालले अव केपी ओलीसँग एकताको कुनै सम्भावना नभएको पनि स्पष्ट पारेका छन्। बरु ओली प्रवृतिको विरुद्धको आन्दोलनमा सहभागि भएकाहरूबीच सहकार्य गरेर अगाडि बढ्ने बताए।

अहिले प्रतिनिधि सभा पुनःस्थापना भएपनि पुरै लडाई जित्न बाँकी रहेको पनि अध्यक्ष नेपालले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया