श्रावण ५, २०८२ सोमबार July 21, 2025

हैसियतअनुसारको आकांक्षा नराखे डुबिन्छ, संसदमा हाम्रो हैसियत सत्ता चलाउने होइन, प्रतिपक्षमा बस्ने हो ।- नेता पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले हैसियत अनुसारको आकांक्ष राख्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनताले आफूहरूलाई प्रतिपक्ष भएर बस्ने हैसियत दिएकाले हैसियतअनुसारको आकांक्षा राख्नुपर्ने बताए।

‘जनताले हामीलाई ५ वर्षका लागि प्रतिपक्षमा बस्ने हैसियत दिएका छन्,’ उनले भने , ‘ हैसियतअनुसारको आकांक्षा नराखे डुबिन्छ, संसदमा हाम्रो हैसियत सत्ता चलाउने होइन, प्रतिपक्षमा बस्ने हो ।’

वरिष्ठ नेता पौडेलले व्यवस्था बचे मात्र सत्तामा बस्न पाइने भएकाले कांग्रेसले सत्तालाई भन्दा व्यवस्थालाई महत्व दिनुपर्ने बताए। अहिलेको अवस्थामा कांग्रेस व्यवस्था बचाउनतर्फ लाग्नुपर्ने उनको जोड छ।

सत्ताका लागि विभिन्न प्रस्ताव आए पनि नफुर्कन पौडेलले नेतृत्वलाई सचेत गराए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया