काठमाण्डौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका केन्द्रीय सदस्य ताज मोहम्मद मियाँ प्रचण्ड–नेपाल समूहमा प्रवेश गरेका छन् ।
आइतबार मियाँले एक विज्ञप्ति जारी गर्दै ‘पार्टीको विधान विपरित अल्पमत ओली पक्षले नियुक्त गरेको केन्द्रीय कमिटीको सदस्य परित्याग गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले नेतृत्व गरेको मुलधारमा’ फर्किएको बताएका हुन्।
साथै उनले विज्ञप्ती मार्फत भनेका छन्, ‘नेकपाको विधान विपरित पार्टीको अल्पमत पक्षले नियुक्त गरेको केन्द्रीय समिति सदस्य पद आजैका दिनबाट परित्याग गरी कम्युनिस्ट आन्दोलनको एकता, संविधानको कार्यान्वयन र जनताको सम्मृद्धिको आकांक्षालाई विधिसम्मत रुपमा पुरा गर्ने युगिन जिम्मेवारी पुरा गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गर्नुभएको नेकपाको मूलधारमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने घोषणा गर्दछु, ।
यस्तो छ मियाँले बुधबार जारी गरेको विज्ञप्तिः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया