काठमाण्डौंः शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत सोमबार भएको खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ । जीतसँगै सातदोबाटो शीर्ष स्थानमा उक्लिएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सातदोबाटोले श्री भगवती क्लबलाई १-० गोलअन्तरले पराजित गरेको हो । सातदोबाटोका लागि दोर्जे तामाङले निर्णायक गोल गर्नुभएको हो । उहाँले खेलको २५औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्नुभएको हो ।
जीतसँगै सातदोबाटोले आठ खेलमा २२ अङ्क जोडेको छ । यस्तै आठ खेलमा ६ अंक जोडेको श्री भगवती क्लब लिगको नवौँ स्थानमा छ । लिगमा १२ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया