काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका केन्द्रीय सदस्य महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा प्रतिनिधिसभामा ९२ जना सांसद पुग्ने जिकिर गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले भृकुटीमण्डपमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता बस्नेतले अबको प्रधानमन्त्री पनि ओली नै हुने जनाउ दिएका छन् ।
पूर्वमन्त्री बस्नेतले पार्टी एक हुने स्थिति नदेखिएकाले जतिसक्दो चाँडो पार्टी फुटाएर भएका आफ्ना सांसदहरु जोगाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहलाई सुझाव दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया