श्रावण ५, २०८२ सोमबार July 21, 2025

नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक कोटेश्वरमा सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सकिए लगत्तै केन्द्रीय कमिटी बैठक सुरु भएको हो। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

प्रतिनिधि सभा पुनःस्थापना भएपछि आगामी रणनीति तय गर्न केन्द्रीय कमिटी बैठक बसेको हो । यस्तै, बैठकमा नेकपाको आधिकारिकताका सम्बन्धमा पनि छलफल हुने बताइएको छ।

आजको बैठकमा केन्द्रीय सदस्यहरुलाई नागरिकताका साथ उपस्थित हुन भनिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया