श्रावण ५, २०८२ सोमबार July 21, 2025

ओली, नेम्वाङ, चौधरी जिम्मेवारीमुक्त – महेश बस्नेत सहित अन्य ७ जना नेतालाई ६ महिना निश्काशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको केन्द्रीय समिति बैठकले संसदीय दलको नेताबाट केपी शर्मा ओली, उप-नेताबाट सुवास नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई दलको जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपरान्ह बसेको पार्टी स्थायी कमिटी बैठकले दलको नेता, उपनेता र सचेतकलाई कारवाही गर्दै जिम्मेवारीबाट हटाउने निर्णय गरेकाे हो ।

पार्टी हितविपरित गतिविधि गर्ने अन्य सात जना नेतालाई पार्टीले कारवाही गरेको केन्द्रिय सदस्य विष्णु रिजालले बताए । कारवाही पर्नेहरुमा  शान्ता चौधरीसहित , निरु पाल, बिशाल भट्टराई, सुर्य थापा, प्रभु शाह र कर्णबहादुर थापा रहेका छन् ।

नेता रिजालले उनीहरुलाई कारवाहीस्वरुप पार्टीले ६ महिनासम्मको लागि निलम्बन गरेको बताए ।

यसअघि आजै बिहान बसेको स्थायी कमिटी बैठकले संसदीय दलको नेता, उपनेता र सचेतक फेर्ने एजेन्डा केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया