श्रावण ५, २०८२ सोमबार July 21, 2025

आफ्नो नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जान्छः डा. महत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताएका छन् । यहाँ आज पत्रकारहरुसँग कुरा गर्दै उनले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गरे । उनले भने, ‘मूलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो । सहमतिमा के कुरा छन् भन्ने चाहिँ हामीलाई थाहा छैन ।’

फरक प्रसङ्गमा उनले प्रतिनिधिसभा बैठक सञ्चालन भएपछि पार्टीले आफ्नो धारणा बनाउने बताउँदै सरकारमा जानुपरेमा आफ्नै नेतृत्वमा मात्रै जाने स्पष्ट गरे । उनले भने,‘हाम्रो उपस्थितिविना सरकार बन्न नसक्ने अवस्था बन्यो भने आफ्नै नेतृत्वमा सरकारमा जान्छौँ ।’ सरकार बनाउन कांग्रेसको आवश्यकता परेमा मात्र सरकारमा जाने उनले स्पष्ट पारे ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विधिवत् रुपमा एकै भएकाले अहिले नै कांग्रेसले धारणा बनाउने बेला नभएको डा महतको भनाइ थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया