श्रावण ३, २०८२ शनिबार July 19, 2025

नेपालमा थप १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः नेपालमा थप १ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभर ५ हजार ५ सय ३६ वटा नमुनाको परीक्षण गर्दा ७० पुरुष र ३७ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको सङ्ख्या २ लाख ७४ हजार ४ सय ८८ पुगेको छ ।
कोरोना सङ्क्रमणबाट आज ७८ जना निको भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७० हजार ६ सय ८३ पुगेको छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार ९८ दशमलव ६ प्रतिशत संक्रमित निको भइसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया