काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले भोली स्थायी कमिटी बैठक बोलाएको छ । बैठक सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएको छ । त्यसपछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको श्रेष्ठले बताए ।
अदालतको फैसलालगत्तै यो समूहका शीर्ष नेताले कानुन व्यवसायीसँग पनि छलफल गरेका थिए । अब कानुनी प्रक्रियामा जाने वा नजाने भन्ने निर्णय स्थायी कमिटी बैठकबाट हुने पनि श्रेष्ठले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया