मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

बीच भलिबल प्रतियोगिताको उपाधि कञ्चनपुरले जित्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कञ्चनपुरमा पहिलोपटक आयोजना गरिएको बीच भलिबल प्रतियोगिताको उपाधि भलिबल प्रशिक्षण केन्द्रको टोलीले जितेको छ ।

नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डाले सैनिक दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको साताव्यापी कार्यक्रमअन्तर्गत भलिबल प्रतियोगिता आयोजना गरिएको हो । बीच भलिबलमा सेनाको टोलीलाई हराउँदै महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रको टिमले उपाधि जितेको छ । प्रशिक्षण केन्द्रको टोलीले सेनालाई २–१ सेटको अन्तरले पराजित गरेको हो ।

भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीशप्रसाद भट्टको पहलमा केही समयअघि निर्माण सम्पन्न भएको बीच भलिबल कोर्ट सुदूरपश्चिमकै पहिलो भएको जिल्ला भलिबल सङ्घले जनाएको छ । त्यसैगरी सेनाले यहाँ सैनिक दिवसकै अवसरमा पुरुष तथा महिला मैत्रीपूर्ण भलिबल प्रतियोगितासमेत आयोजना गरेको छ ।

पुरुष भलिबलमा महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रको टोलीले सेनाको श्री नं २५ बाहिनी अड्डाको टिमलाई सोझो दुई सेटले पराजित गरेको छ । त्यसैगरी महिला भलिबलमा भने सेनाको टोलीले भलिबल प्रशिक्षण केन्द्रको टोलीलाई पराजित गरेको छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले उद्घाटन गरेको मैत्रीपूर्ण खेलमा उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष हेमविक्रम थापाले प्रशिक्षण केन्द्रलाई खेल सामग्री प्रदान गर्नुभएको छ ।

प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी कृष्णबहादुर जिसीले प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले सैनिक दिवसका अवसरमा यहाँ साताव्यापी स्वास्थ्य शिविर र विभिन्न मैत्रीपूर्ण खेलकूद आयोजना गरिनुका साथै राउटे, असहाय, विपन्न तथा वादी समुदायलाई खाद्य तथा कपडा वितरण गरिनेक्रम जारी रहेको जानकारी दिनुभयो ।

सेनाले शनिबार भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय ७०० भन्दाबढी लाभान्वित भएका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार