श्रावण १, २०८२ बिहिबार July 17, 2025

ज्येष्ठ नागरिकलाई परिचयपत्र नभएका कारण खोप लगाउन वञ्चित नगर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परिचयपत्र नभएका कारण ज्येष्ठ नागरिकलाई खोप लगाउनबाट वञ्चित नगर्न आग्रह गरेको छ ।

मन्त्रालयको आजको प्रेस व्रिफ्रिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले उमेर खुल्ने परिचयपत्र साथमा नल्याएका ज्येष्ठ नागरिकलाई खोप केन्द्र रहेको सम्बन्धित वडा कार्यालयको सिफारिसमा खोप लगाउन आग्रह गर्नुभयो ।

प्रवक्ता गौतमले खोप केन्द्रसम्म पुगेका ज्येष्ठ नागरिकहरू परिचयपत्र साथ नहुँदा खोप नलगाई फर्किएको भन्ने गुनासोहरू आएकाले परिचयपत्र नबोकी खोप केन्द्र पुगेका ६५ वर्ष माथिका सबै ज्येष्ठ नागरिकलाई अनिवार्य खोप लगाउन सम्बन्धित सबैमा अनुरोध गर्नुभएको हो ।

यस्तै, आज ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार ३ सय ९९ वटा नमुनाको परिक्षण गर्दा ४९ पुरुष र ४० महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७४ हजार ८ सय १० पुगेको छ ।

आज ४२ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ७० हजार ९ सय २७ पुगेको छ ।

कोरोना सङ्क्रमणका कारण आज १ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ३ हजार ११ पुगेको मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार