श्रावण २, २०८२ शुक्रबार July 18, 2025

आकस्मिक सेवासहित नगर अस्पताल सञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रस्तावित गैँडाकोट नगर अस्पतालले आकस्मिक सेवासहित चौबीसै घण्टा सेवा प्रदान शुरुआत गरेको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट –११ भेडाबारीमा रहेको अस्पतालले बुधबारदेखि दुई श्ययाको आकस्मिक कक्षसहित सेवा शुरु गरेको हो । नगरपालिकाका जनस्वास्थ्य प्रमुख झलकराज पौडेलले अस्पतालको फार्मेसी, एक्सरे, भिडियो एक्सरे, प्रयोगशाला सेवा चौबीसै घण्टा सञ्चालनमा ल्याउने तयारी भएको जानकारी दिए ।

हरेक स्थानीय तहमा १५ श्ययाको अस्पताल निर्माण गर्ने सरकारी नीतिअनुरुप नगर अस्पतालमा दुई आकस्मिक श्यया थप गर्दै १५ श्ययाबाट बिरामीलाई सेवा प्रदान गरिएको उनले बताए । अस्पतालले सेवा विस्तार गरेसँगै दुई चिकित्सक र २२ स्वास्थ्यकर्मी बिरामीको उपचारमा खटिने छन् ।

नगरप्रमुख छत्रराज पौडेलले गैँडाकोट नगर अस्पतालबाट जनस्वास्थ्य सेवाअन्तर्गत बालरोग, पोषण, महामारी नियन्त्रण व्यवस्थापन, खोपका कार्यक्रम, गाउँघर क्लिनिकलगायतका स्वास्थ्य सेवा प्रदान गरिने जानकारी दिए ।

दुर्घटनाका घाइते बढी लाभान्वित हुने छन् । “पूर्वपश्चिम राजमार्गको यस क्षेत्रमा बढी दुर्घटना हुने गरेका छन्”, उनले भने, “हामीले यहाँ प्राथमिक उपचार दिएर थप उपचारका लागि भरतपुर पठाउन सक्ने अवस्थामा पुगेका छौँ । यसले दुर्घटनाका घाइतेको जीवनरक्षाका लागि थप मद्दत पुग्छ ।”

नगर अस्पताललाई अझ व्यवस्थित बनाउँदै लैजाने तयारीमा नगरपालिका जुटेको छ । यस क्षेत्रमा राजमार्ग विस्तारको काम भइरहेकाले नगर अस्पतालबाट धेरैलाई लाभ पुग्ने उनको भनाइ छ ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार