श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कञ्चनपुरको शुक्लाफाँटामा स्वास्थ्य शिविर, ४ सय ४४ जना लाभान्वित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा शनिबार आयोजना गरिएको एकदिने स्वास्थ्य शिविर कार्यक्रमबाट ४४४ जना लाभान्वित भएका छन् ।

वडा नम्बर ९ कार्यालयले आयोजना गरेको शिविरमा स्वास्थ्य सेवा लिन आएका बिरामीको निःशुल्क जाँच, महिलाको पाठेघर जाँच, आँखा जाँचसँगै निःशुल्करूपमा औषधि वितरण गरिएको छ । शिविरमा आँखारोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, एमडिजिपी, एमपिबिएमलगायतले सेवा प्रदान गरिएको वडाध्यक्ष रमेशबहादुर ऐरले बताए ।

शिविरमा आँखा जाँच गराउन आएका २५० जनामध्ये कमजोर दृष्टि दोष रहेका १०० बिरामीलाई निःशुल्क रूपमा चश्मा वितरण गरिएको छ । आँखामा मोतियाविन्दु भएका ३१ बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि सिफारिस गरिएको छ । शिविर सञ्चालनका लागि दुई लाख बजेटको व्यवस्था गरिएकामा एक लाख निःशुल्क औषधि वितरण गर्नका लागि खर्च भएको वडाध्यक्ष ऐरले बताए ।

आँखाको उपचार गर्न शिविरमा पुगेका ५० वर्षीय राजेन्द्र बोहराले घरआँगनमै सेवा पाउँदा निकै खुशी भएको बताए । “आँखामा मासु पलाएको थियो”, उनले भने, “चिकित्सकसँग सल्लाह लिन पाएँ, निःशुल्क शल्यक्रिया हुने भएपछि सहज भएको छ ।”

दुर्गम क्षेत्रमा रहेका सर्वसाधारणका लागि विशेषज्ञसहितको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन स्वास्थ्य शिविर आयोजना गरिएको नगरप्रमुख दिलबहादुर ऐरले बताए । शिविरका माध्यमबाट अतिविपन्न अवस्थाका व्यक्ति बढी लाभान्वित भएको उनको भनाइ छ । शिविरमा वडा नम्बर ९, १०, ११, ५, ४, ६, ७ र ८ का बासिन्दाले सेवा लिएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार