काठमाण्डौंः नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ। पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएसँगै मृतकको संख्या ३ हजार १९ पुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४७२ को पीसीआर परीक्षण गरिएकोमा १५० जनाको नतिजा पोजिटिभ आएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ५६ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ९९ जना संक्रमणमुक्त भएसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार २० पुगेको छ।
हाल देशभर ५१ जना क्वारेन्टिनमा र एक हजार १७ जना आइसोलेसनमा रहेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया