श्रावण २, २०८२ शुक्रबार July 18, 2025

प्रदेश नंं २ मा फेरि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेश नंं २ को विभिन्न जिल्लाहरूमा फेरि कोरोना सङ्क्रमितको सङ्ख्या थपिन थालेको छ । केही दिन अगाडि मात्र प्रदेशको ५ जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको वेलामा अहिले सप्तरी जिल्ला बाहेक सबै जिल्लाहरूमा कोरोनाका सक्रिय संंक्रमितहरु रहेका छन् ।

८ जना कोरोनाका सक्रिय संक्रमित रहेको प्रदेश नंं २ मा मंगलबारसम्ममा सङ्क्रमितको सङ्ख्या बढेर ३४ पुगेको प्रदेश नंं २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । जस अनुसार सिरहामा १, धनुषामा ६, महोत्तरीमा २, सर्लाहीमा १, रौतहटमा २, बारामा ११ र पर्सा जिल्लामा ११ जना रहेका छन् ।
आज मात्र जनकपुरधाम उपमहानगरपालिकाको वडा नंं ३ मा १२ वर्षका १ जना बालकमा कोरोनाका सङ्क्रमणको पुष्टि भएको छ । यसै गरी सिरहा जिल्लाको मिर्चैयाका वर्ष ३१ को पुरुषमा पनि कोरोना सङ्क्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसै गरी धनुषा जिल्लाको सवैला नगरपालिका वडा नंं ४ मा का वर्ष २७ को एक जना पुरुष गरेर दुई जनामा सङ्क्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. मुक्ति नारायण साहले जानकारी दिनुभयो ।
अहिलेसम्म प्रदेश २ मा १६ हजार ९ सय ८४ जना कोरोना सङ्क्रमणले मुक्त भएका छन् । कोरोनाका कारणले २ सय ९ जना प्रभावित भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ श्रावण २, शुक्रबार
भण्डारीको राजनीतिक यात्रामा एमाले पदाधिकारी नै बाधक !
२०८२ श्रावण २, शुक्रबार
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
२०८२ श्रावण २, शुक्रबार
वर्ष दिनमै सरकारको ऋण दुई खर्ब ३१ अर्ब बढ्यो
२०८२ श्रावण २, शुक्रबार