श्रावण २, २०८२ शुक्रबार July 18, 2025

निःशुल्क स्वास्थ्य शिविरमा २७५ लाभान्वित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जिल्ला आयुर्वेद स्वास्थ केन्द्र सिन्धुलीले गोलन्जोर गाउँपालिकामा आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा २७५ जना लाभान्वित भएका छन् ।

केन्द्रले जिल्लावासीलाई आफ्नै ठाउँमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले बुधबार आयोजना गरिएको शिविरमा उच्च रक्तचाप, मधुमेह, हाडजोर्नीका बिरामीलाई स्वास्थ परीक्षण गर्नुका साथै औषधि वितरण र पञ्चकर्म विधिबाट उपचारसमेत गरिएको थियो ।

यता जिल्लको तीनपाटन गाउँपालिकामा रहेका ज्येष्ठ नागरिकका लागि आयुर्वेदिक औषधि वितरण गरिएको छ । तीनपाटन गाउँपालिका आयुर्वेदिक शाखाले नागरिकको घरदैलोमै पुगेर आयुर्वेदिक औषधि वितरण गरिएको हो ।

ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था, खानपानको स्तर, रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता के–कति छ भनी स्वास्थ्य परीक्षण गराउने गरिएको छ । साथै अस्वस्थ ज्येष्ठ नागरिकलाई औषधि तथा भिटामिन वितरण गरिएको आयुर्वेदिक शाखाका प्रमुख चन्द्र न्यौपानेले जानकारी दिए ।

उक्त कार्यक्रम अन्तर्गत वडा नं १० का ६० वर्षभन्दा माथिका २२० ज्येष्ठ नागरिकले सेवा लिएका छन् । तीनपाटन–९ का २५०, वडा नं ५ का २३५, वडा नं ६ का ३४० ज्येष्ठ नागरिकले सुविधा लिएको उनको भनाइ छ ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार