श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सुरक्षित गर्भपतनसम्बन्धी तालिम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः डोटी जिल्लामा गर्भपतन गर्नेको सङ्ख्या महिनैपिच्छे बढ्दै गएको पाइएपछि त्यहाँका किशोरकिशोरीका लागि सुरक्षित गर्भपतनसम्बन्धी तालिम आयोजना गरिएको छ । जिल्लामा लामो समयदेखि काम गर्दै आएको गैरसरकारी संस्था सामुदायिक विकास मञ्च (सिडिएफ)ले उक्त तालिमको आयोजना गरेको हो ।

‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य महिलाको मौलिक’ अधिकार हो भन्ने मूलमन्त्रका साथ किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन सेवासम्बन्धी शिक्षकलाई तीनदिने तालिम शुरु गरिएको सो संस्थाका अध्यक्ष खड्कराज शर्माले जानकारी दिए ।

उमेर नपुग्दै विवाह गर्ने चलनका कारण त्यहाँका किशोरीले सानैमा बच्चा जन्माउने तथा अकालमै ज्यान गुमाउनु परेको जटिल समस्या रहँदै आएको सिडिएफका पूर्वअध्यक्ष भक्तबहादुर सिंहले बताए । उनले भने, “जिल्लामा सानै उमेरमा विवाह गर्ने चलन अझै कायमै छ, जसले गर्दा त्यहाँका किशोरीको अकालैमा ज्यान जाने गरेको छ ।”

किशोरकिशोरीलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिमले बालविवाह गर्नाले पर्ने विभिन्न प्रकारका नकारात्मक असरका बारेमा सचेतीकरणका लागि सहज हुने लक्ष्य लिइएको छ । सानै उमेरमा नै गर्भवती हुनुपर्ने र यसबाट विभिन्न जटिलता भोग्नुपर्ने, उचित शिक्षा तथा आवश्यक सीप सिक्ने तथा वृत्ति विकासका अवसर गुम्नेलगायत समस्या हुने गरेको परिवार नियोजन सङ्घका प्रमुख चेतराज फुलाराले जानकारी दिए ।

सकेसम्म किशोरावस्थामा विवाह गर्नु राम्रो होइन र यदि विवाह भएमा पनि उमेर नपुगी बच्चा जन्माउनु राम्रो नहुने उनको भनाइ छ । दम्पतीले आफूलाई उपयुक्त हुने परिवार नियोजनका उपाय अपनाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार