श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सामाजिक विकासमन्त्री राईद्धारा स्वास्थ्य केन्द्रको भवन अनुगमन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको नवनिर्मित भवन अनुगमन गर्नुभएको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाको रु सात करोड ३६ लाख २१ हजारको लागतमा निर्माण सम्पन्न गरिएको तीन तले आरसिसी भवन आज उहाँले अनुगमन गर्नुभएको हो । अनुगमनमा पुग्नुभएका उहाँले भवन सञ्चालनका लागि आवश्यकपर्ने उपकरण, खानेपानीलगायत अत्यावश्यकीय सामग्री तत्काल व्यवस्थापन गर्ने मन्त्री राईले बताउनुभएको छ ।

निर्माण सम्पन्न भवन नयाँ वर्षको अवसर पारेर वैशाख–१ गतेसम्ममा आवश्यक कर्मचारीको व्यवस्थान गरेर सञ्चालन गरिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका निमित्त अजयकुमार प्रमुख झाले जानकारी दिनुभयो ।

भवनको पहिलो तलामा १२ कोठा, दोस्रो तलामा हलसहित पाँच कोठा र तेस्रो तलामा दुई आवास गृहसहित आठ कोठा रहेको र आगलागी हुन नदिनका लागि प्रत्येक कोठामा फाएर फायरस्टिङ्गरसमेत जडान गरिएको छ । विसं २०५५ मा स्थापना भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको खोटाङको कार्यालय अहिलेसम्म दिक्तेल बजारस्थित भाडाको घरमा सञ्चालन हुँदै आएको थियो ।

भवन निर्माणका लागि स्थानीय पदमप्रसाद आचार्य, परशु आचार्य र मीना आचार्यले एक रोपनी पाँच आना, दृपनारायण आचार्यले चार आना, टङ्कप्रसाद आचार्यले एक रोपनी, रामप्रसाद आचार्यले चार आना, बोलराज आचार्यले दुई आना र स्थानीय बासिन्दाले सङ्कलन गरेको चन्दाबाट खरीद गरिएको एक रोपनी एक आना जग्गा खरीद गरिएको थियो ।

भवन अभावमा कार्यालय सञ्चालनमा समस्या झेल्दै आएको आयुर्वेदका लागि आफ्नै सुविधा सम्पन्न भवन बनेपछि सहज हुने अपेक्षा गरिएको छ । ठेकेदार कम्पनीको लापरवाहीका कारण जिल्लाका अधिकांश योजनाका काम तोकिएको मितिमा सम्पन्न नभइरहेको अवस्थामा प्रतिष्ठा कन्ट्रक्सन प्रालिका प्रतिनिधि भीषण राईले समयअवधि अगाडि नै निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुभएको थियो । दश स्थानीय तह रहेको जिल्लामा अधिकांश भौतिक पूर्वाधार निर्माणका योजनामा ठेकेदार कम्पनीको लापरवाहीका कारण योजना अलपत्र परेका छन् ।

यसैबीच, कोदोको रक्सीलाई ‘ब्याण्ड भर्सेज ब्राण्ड’को थाल्नुभएका सामाजिक विकासमन्त्री राईलाई वडा कार्यालय बुइँपा र खोटाङ उद्योग वाणिज्य सङ्घले रक्सी उपहार प्रदान गरेको छ । स्थानीयस्तरमा उत्पादन हुने कोदोको लोकल रक्सीलाई कानूनी रुपमा वैधता दिएर व्यवसायीकरण गराउन माग समेत गरिएको छ ।

वडाबासी र वाणिज्य सङ्घले प्रदान गरेको तीनपाने रक्सी ग्रहण गर्नुहुँदै उहाँले कादोको रक्सी उत्पादनलाई व्यवसायिक तथा घरेलु उद्योगको रुपमा विकास गर्न पहल थालेको बताउनुभयो । प्रधानमन्त्री र मुख्यमन्त्रीसमेत सकारात्मक रहनुभएकाले कोदोको रक्सीलाई वैधता दिने अभियानले चाँडै नै पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री राईले साना उद्योगका रुपमा रहेको कोदोको रक्सी उत्पादनलाई कानूनीरुपमा बैधता दिने प्रबन्ध मिलाउनुपर्ने बताउँदै आउनुभएको छ । खोटाङको दिक्तेल बजारमा यसअघि स्थानीय उत्पादनको रक्सी प्रहरीले जफत गरेर नष्ट गरेको विषयलाई लिएर स्थानीय सरकारको कडा आलोचनासमेत गर्नुभएको थियो ।

विसं २०६४ मा एमालेको तर्फबाट तत्कालीन संविधानसभा सदस्य रहँदा राईले अंश र वंशमा महिलाको समान अधिकार स्थापित गराउन, आमाको नामबाट नगरिकता प्रदान गर्ने मुद्दामा भूमिका निर्वाह गर्नुभएको थियो । संविधानसभामा अन्तरपार्टी महिला सांसद समूह (ककस)को संयोजक बन्नुभएकी उहाँ २०७४ को निर्वाचनमा नेकपा एमालेबाट प्रदेश १ को समानुपातिक सांसद हुनुभएको थियो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार