वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

सेयरबजारमा २२ करोडको कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । साताको अन्तिम दिन सेयरबजार शून्य दशमलव ७९ अंकले थामिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयरबजारमा नेप्से सूचक उक्त अंकले बढेर ११३५.९५ विन्दुमा थामिएको हो।

ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक भने शून्य दशमलव ११ अंकले ओरालो लागेको छ।

अन्तिम दिन कुल १ सय ६३ कम्पनीको ८ लाख ३३ हजार ८ सय ८१ कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ४ हजार ५ सय १९ पटकको खरिदबिक्रीबाट आज कुल २२ करोड ८३ लाख ५७ हजारको सेयर कारोबार भएको हो।

कुल १२ समूहमध्ये आज भएको कारोबारमा होटल, विकास बैंक, अन्य र माइक्रोफाइनान्सको कारोबार सूचक घटेको छ। त्यस्तै वाणिज्य बैंक, व्यापार, ऊर्जा, फाइनान्स, निर्जीवन बीमा, उत्पादन, जीवन बीमा र म्युचुअल फन्डको कारोबार सूचक बढेको छ।

कारोबार रकमका आधारमा आज एनएमबी बैंकको ४ करोड २९ लाखको सेयर बिक्री भएको छ। त्यस्तै नेपाल बैंकको १ करोड ३३ लाखको, हिमालयन डिस्टिलरीको १ करोड ३१ लाखको सेयर कारोबार भएको छ। बाँकी कम्पनीले करोडको कारोबार गर्न सकेका छैनन्।

आजको कारोबारका आधारमा कमाउने कम्पनीमा साल्ट ट्रेडिङ अगाडि छ। कम्पनीका सेयरधनीले प्रतिकित्ता ८५ रुपैयाँ आर्जन गरेका छन्। अन्य कम्पनीको सेयर मूल्य १४ रुपैयाँसम्म बढेको छ। त्यस्तै, गुमाउने कम्पनीहरुले प्रतिकित्ता ५.६ प्रतिशतसम्मको गिरावट व्यहोरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार