काठमाण्डौंः आज शुक्रबार देशभर २ सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ७१ जनामा गरिएको पिसिआर परीक्षणमा २ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको छ ।
आज १ सय २७ जना कोरोना सङ्क्रमणबाट मुक्त भई घर फर्किएका छन । हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ७ सय ३५ पुगेको छ ।
यो कोरोना सङ्क्रमणबाट निको हुने दर ९८ प्रतिशत हो । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको मन्त्रालयले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया