असार २३, २०८२ सोमबार July 7, 2025

प्रदेश ३ का १० जिल्लामा शीत भण्डारण निर्माण गरिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हेटौंडा । प्रदेश(३ सरकारले प्रदेशका दश जिल्लामा फलफूल तथा तरकारी भण्डारणका लागि शीत भण्डार निर्माण थालेको छ । सरकारले मकवानपुरको थाहा नगरपालिकाबाट शीत भण्डारको काम थालेको हो ।

किसानका उत्पादनहरुलाई भण्डार गरेर राख्न सहज होस् भन्ननका लागि साझेदारीमा शीत भण्डार निर्माणका लागि सरकारले मोटो रकम खर्चन थालेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले १० जिल्लामा डीपीआर निर्माण गरेर चालु आर्थिक वर्षमा निर्माण गर्नका लागि ४५ करोड रुपैयाँ वजेट छुट्याएर काम थालेको हो । पहिलो चरणमा सरकारले पाँच जिल्लामा काम सुरु गरिसकेको छ । सरकारले चितवन, रसुवा, दोलखा, सिन्धुलीमा शीत भण्डार निर्माण गर्ने काम सुरु गरेको मन्त्री दावा दोर्जे लामाले बताएका छन ।

शीत भण्डार निर्माणको काम भने प्रदेशका उपत्यका भन्दा बाहेकका जिल्लामा हरेक जिल्लामा एक एक वटा निर्माण गरिएपनि दोलखा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा दुईरदुईवटा निर्माण गर्ने मन्त्रालयले जनाएको छ ।

प्रदेशमा ६६ करोड खर्च गरिँदै

प्रदेश ३ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका १३ जिल्लामा घोषित कृषिको पकेट तथा ब्लकहरूमा करिब ६६ करोड रुपैयाँ खर्च गर्ने भएको छ।

मन्त्रालयले नयाँ र पुराना गरी ४ सय ९५ वटा पकेट क्षेत्र र ५६ वटा ब्लकलाई चालु आर्थिक वर्षमा ६६ करोड ९५ लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको हो।

पुराना पकेट क्षेत्रहरूको लागि ११ करोड ८७ लाख छुट्याइएको छ भने नयाँ पकेट क्षेत्रहरूको लागि ३० करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै नयाँ ब्लकहरूको लागि चालु अनुदानतर्फ १५ करोड र पुराना ब्लकहरूको लागि ८ करोड ५५ लाख रुपैयाँ चालु अनुदान छुट्याइएको प्रवक्ता डा. पाण्डेले वताएका छन ।

पकेटका लागि मकवानपुरबाट कोदो र गहत, चितवनमा तरकारी, सुन्तला अलैँची, मौरीपालनको माग रहेको छ । धादिङमा सुन्तला, कागती, अदुवालगायतको पकेट क्षेत्र बनाउने गरी प्रस्ताव आएको छ भने नुवाकोटमा तरकारी, अदुवा, प्याजलगायतका कृषि उपजको ब्लक तथा पकेट क्षेत्रमा माग गरिएको उनले जानकारी दिएका छन।

यसैगरी रसुवामा माछा, मुसुरो, धान, आलु, ललितपुरमा तरकारी, च्याउ, किबी भक्तपुरमा आलु, च्याउ लगायतका तरकारीको ब्लक तथा पकेट क्षेत्रको लागि माग भएका छन्।

विभिन्न कृषि उपजको पकेट क्षेत्र माग गरिए पनि मकवानपुरमा तरकारी, आलु मकैको पकेट क्षेत्र स्थापना गरिनेछ भने चितवनमा तरकारी, मौरी, केरा र धानको पकेट क्षेत्र स्थापना गरिनेछ। धादिङमा तरकारी, आलु र मकैको पकेट क्षेत्र रहनेछन् भने नुवाकोटमा पनि सोही बालीको पकेट क्षेत्र घोषणा गरिने बताइएको छ ।

काभ्रेमा तरकारी आलुका साथै अलैंची र कफीको पनि पकेट क्षेत्र हुनेछन् भने सिन्धुपाल्चोकमा तरकारी आलुका साथै मकै र किबीको पकेट तथा ब्लक स्थापना गरिनेछ ।

पाण्डेका अनुसार दोलखामा किबी, तरकारी, आलु र सुन्तलाको पकेट क्षेत्र बनाइनेछ भने आलु र तरकारीको साथै जुनारको पकेट र ब्लक घोषणा गरिनेछ। सिन्धुलीमा अदुवा, बेसार, जुनार, मकैको पकेट क्षेत्र घोषणा गरी कार्यान्वयन गरिने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनीकिकरण

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पकेट तथा ब्लक विकास कार्यक्रमतर्फ प्रदेश ३ मा गत आर्थिक वर्ष २०७५/०७६ मा १९ करोड ७० लाख खर्च भएको छ। कार्यक्रमका लागि २८ करोड ५९ लाख ४९ हजार बजेट रहेको थियो ।

परियोजनामा ५६ ब्लक र ४९५ पकेट छन् । पकेटमा ७ करोड ३७ लाख खर्च भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डाक्टर शरणकुमार पाण्डेले जानकारी दिएका छन । मन्त्रालय मातहत अन्तर्गतको कृषि ज्ञान केन्द्र कार्यालय, भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रहरूले कार्यक्रम कार्यान्वयन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार