काठमाण्डौंः नेपालमा थप ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या दुई लाख ८० हजार २८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप एकको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालससम्म नेपालमा तीन हजार ४० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार थप १४१ जना कोरोनामुक्त भएका छन् भने हालसम्म दुई लाख ७४ हजार २७ जना कोरोनामुक्त भएका छन् ।
नेपालमा हाल २९६१ जना आइसोलेशन र ८३ जना क्वारन्टाइनमा रहेका छन् । त्यस्तै नेपालमा हालसम्म २३ लाख १२ हजार ९०१ वटा पीसीआर परीक्षण गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया