काठमाण्डौः पछिल्लो २४ घण्टामा ५१ सय ५ जनाको स्वाब नमूना परीक्षण गराउँदा ५५९ जनामा कोरोना संक्रमित देखिएको छ।
यो सहित हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५३४ जना पुगेको छ।
२४ घण्टामा थप १३८ जना डिस्चार्ज भएका छन्। यो सहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७४ हजार १६५ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
२४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया