श्रावण २, २०८२ शुक्रबार July 18, 2025

शुक्रबार थप ९०० जनामा कोरोना संक्रमण – चार जनाको मृत्यु पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा सर्वाधिक ३४८ जना संक्रमित भएका हुन् ।

पछिल्लो २४ घण्टामा ६ हजार १ सय ५८ जनामा परीक्षण गर्दा पीसीआरबाट ८३६ र एन्टिजेनबाट ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ८२ हजार ८९० जना पुगेको छ । यही अवधिमा थप २०८ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया