श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सुदूरपश्चिम प्रदेश कोभिडको उच्च जोखिममा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मास्क नलगाई हिँड्ने, एकाआपसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ ।

सीमा नाकामा सर्वसाधारणको आवागमन हुँदा अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी मापदण्ड समेत नअपनाउँदा कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ । भारतमा कोभिडको संक्रमण र मृत्यु हुने दर बढेसँगै भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा पनि जोखिम बढेको हो ।

जिल्ला प्रशासन कार्यालयले मास्क अनिवार्य रूपमा लगाउन, भीडभाड नगर्न र भौतिक दूरी कायम गर्दै बाहिर निस्कन आग्रह गरेको भए पनि यसको पालना हुन सकेको छैन । रोग फैलिन नदिन सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरे पनि सभा, सम्मेलन, बैठकजस्ता गतिविधि रोकिएका छैनन् ।

प्रदेशका सीमा नाका हुँदै भित्रिने नागरिकको नाकामै एन्टिजेन परीक्षण भइरहेको छ । कुनै पनि व्यक्तिमा कोरोना भाइरसको संक्रमण भए÷नभएको एन्टिजेन परीक्षणबाट पत्ता लाग्ने गर्छ । कुन प्रकारको भाइरस हो भन्ने पत्ता लगाउन भने एन्टिजेन परीक्षण गर्दा नतीजा पोजेटिभ आउने व्यक्तिको पुनः पीसीआर पद्धतिबाट परीक्षण गर्नुपर्ने स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया