असार २५, २०८२ बुधबार July 9, 2025

माथिल्लो तामाकोशीबाट वैशाख देखिनै विद्युत् उत्पादन गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट वैशाखभित्र ७६ मेगावाट विद्युत् उत्पादन गर्ने तयारी गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार यो महीनाभित्र आयोजनाबाट उक्त परिणाममा विद्युत् उत्पादन गर्न लागिएको हो ।

आइतवार प्रतिनिधिसभा अन्तर्गत अर्थसमिति बैठकमा ऊर्जा सचिव दिनेश घिमिरेले भर्टिकल स्ल्याबको काम सबै सकिएको भन्दै वैशाखभित्रै ७६ मेगावाटको युनिट सञ्चालन सुनिश्चित भएको जानकारी दिए । जेठदेखि उत्पादन थप्दै लगेर भदौ भदौभित्र आयोजनाबाट पूर्ण क्षमतामा (४५६ मेगावाट) विद्युत् उत्पादन भइसक्ने उनले बताए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आयोजनामा वैशाख २० गते पहिलो युनिट चलाउने तालिका रहेको भए पनि एक दुई दिनअघि नै सञ्चालन हुने बताए ।

पहिलो युनिट सञ्चालन भइसकेपछि असार मसान्तसम्ममा चारओटा र साउन मसान्तसम्ममा बाँकी दुईओटा गरेर ६ ओटा युनिट सञ्चालनमा आउने उनको भनाइ छ । आर्थिक अभियान दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार