श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कोरोना संक्रमणबाट बाँकेमा थप एकको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बाँकेमा ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट होम आइसोलेसनमै मृत्यु भएको छ ।

कोहलपुर १४ का उनमा हिजो कोरोना पुष्टि भएको थियो । नेपालगन्ज मेडिकल कलेजमा बैशाख ४ गते भर्ना भएका उनको हिजो कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । उनको गएराति १२ बजे घरमै मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताउनुभयो । यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।

पक्षघातका विरामी उनलाई उपचारका लागि भारत लगिएको थियो । तर, त्यहाँको अस्पतालले अवस्था गम्भीर भएको भन्दै घरै लैजान सुझाव दिएपछि बैशाख ४ गते नेपाल फर्की उनलाई नेपालगन्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । स्वास्थ्य सुधार हुने संकेत नदेखिएपछि परिवारले उनलाई घर लगेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया