काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर थप १२८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
७००१ जनामा गरिएको पीसीआर परीक्षणमा १२२७ र ५४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५४ जना गरी १२८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ८५ हजार ९०० पुगेको छ । सक्रिय संक्रमितको संख्या ७२५४ रहेको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २५५ रहेको छ। कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया