श्रावण २, २०८२ शुक्रबार July 18, 2025

बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बाँकेमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर २ बर्दहवाकी ३५ वर्षीय महिला र कोहलपुर नगरपालिका वडा नम्बर २ कै ७७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

३५ वर्षीय महिलाको सोमबार दिउँसो ३ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको थियो । तर, उनको रिपोर्ट भने गएराति मात्र पोजेटिभ आएको थियो । स्वास्थ्य समस्या आएपछि उनी सोमबार बिहान उपचारका लागि भर्ना भएकी थिइन् ।

यस्तै गएराति मृत्यु भएका ७७ वर्षीय कोरोना संक्रमित पुरुषको स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि सोमबार बिहान मेडिकल कलेज ल्याइएको थियो ।

स्वाब दिएर घर लगिएपछि साँझ रिपोर्ट पोजेटिभ आएको थियो । राति नै उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा अस्पतालको गेटैमा मृत्यु भएको हो । यो सँगै कोरोना सङ्क्रमणका कारण बाँकेका ६३ जनाको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार