श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एक्सरे मेसिन प्रयोगविहीन हुँदा सेवाग्राही मार्कामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनस्वास्थ्यलाई ख्याल गर्दै पोखरा महानगरपालिका–२१ स्थित कृष्ति प्राथमिक स्वास्थ्य केन्द्रमा चार वर्षअघि एक्सरे मेसिन ल्याइए पनि दक्ष जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन । स्वास्थ्य बीमा बोर्डले झण्डै रु पाँच लाख बराबरको एक्सरे मेसिन अनुदानमा सहयोग गरे पनि सञ्चालनका लागि प्राविधिक उपलब्ध नहुँदा सो मेसिन प्रयोजनविहीन बनेको हो ।

स्वास्थ्यचौकीले पोखरा महानगरपालिका स्वास्थ्य महाशाखासँग जनशक्तिको माग गर्दै आए पनि हालसम्म उपलब्ध नहुँदा मेसिन भएर पनि सामान्य एक्सरे गर्न सो क्षेत्रका बासिन्दालाई पोखरा पठाउनुपरेको स्वास्थ्य केन्द्रका प्रमुख प्रताप पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मेसिन सञ्चालन नहुँदा बिग्रने समस्या बढेको छ भने स्थानीय जनताले पनि असुविधा भोग्नुपरेको छ । केन्द्रमा एक्सरे गर्नुपर्ने १५ देखि २० बिरामी आउने गरेका छन् ।

स्वास्थ्य बीमाको सुविधासमेत रहेको सो केन्द्रमा आकस्मिक सेवा, प्रयोगशाला, २४ घण्टा प्रसूति सेवा, बच्चाको खोप, इसिजी, परिवार नियोजनलगायतका सेवासहित नेपाल सरकारद्वारा निःशुल्क प्रदान गरिने सबै प्रकारका औषधिसमेत उपलब्ध गराउँदै आएको उहाँले सो केन्द्रको स्थलगत अनुगमनमा पुग्नुभएका गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मालाई जानकारी गराउनुभयो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको आर्थिक सहयोगमा स्वास्थ्य केन्द्रको हातामा निर्माण भएको चारवटा सटरसहितको ट्रष्ट फार्मेसी भवनको अनुगमनका लागि सो स्थानमा पुग्नुभएका शर्माले एक्सरे मेसिन सञ्चालनका लागि आफूले महानगरसँग समन्वय गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सो केन्द्रमा दरबन्दीअनुसार एक चिकित्सक र एक स्टाफनर्ससमेत नहुँदा सेवाग्राहीलाई उपचारमा सोचेजस्तो सेवा प्रदान गर्न नसकिए पनि हाल छात्रवृत्तिमा अध्ययन गरेका एमबिबीएसका तीन विद्यार्थीले स्थानीयवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन् । पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलका अनुसार स्वास्थ्य बीमा बोर्डले एक्सरे मेसिन उपलब्ध गराए पनि आवश्यक जनशक्तिको अभावमा मेसिन सञ्चालन गर्न नसकिएको बताउनुभयो ।

पोखराको शिशुवा स्वास्थ्यचौकीमा मेसिन सञ्चालन गरी निरन्तर सेवा प्रदान गर्दै आएको बताउँदै उहाँले बोर्डले उपलब्ध गराएको पोखरा–१६ अर्मला र कृष्ति स्वास्थ्य केन्द्रको मेसिन लामो समयदेखि प्रयोगमा आउन नसकेको जानकारी दिनुभयो । कतिपय उक्त मेसिनमा प्रयोग हुने सामग्रीसमेत पाउन कठिन भइसकेको छ । वैकल्पिक व्यवस्था गरेर भए पनि एक्सरे मेसिन सञ्चालन गरेर स्थानीयवासीलाई सुविधा पु¥याउन महानगरले पहल शुरु गरेको बताउँदै महाशाखा प्रमुख शर्माले भन्नुभयो, “नजिकै पोखरा बजारमा सबै किसिमका स्वास्थ्य सेवा हुने हुँदा स्वास्थ्यचौकीमा सेवाग्राहीको सङ्ख्यामा समेत कमी हुने गरेको छ ।”रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार