काठमाण्डौंः बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ ।
भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का ७० वर्षीय पुरुषको गएराति १२ बजे र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर १२ का ९० वर्षीय पुरुषको आज विहान ७ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया