श्रावण २, २०८२ शुक्रबार July 18, 2025

बिहिबार थप २ हजार ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा बिहिबार एकैदिन २ हजार ४ सय २८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९२ हजार १५२ पुगेको छ।

आज देशभर १० हजार १ पिसीआर परीक्षण गर्दा २ हजार ३ सय ६५ र एन्टीजेन परीक्षणबाट ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज काठमाडौँमा ९ सय ८७ , ललितपुरमा १ सय ६ र भक्तपुरमा ८१ गरी उपत्यकामा मात्रै १ हजार १ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बाँकेमा २ सय ७७, रुपन्देहीमा १ सय २५, मोरङमा १ सय १३, पर्सामा ७९, कैलालीमा ७३ जना संक्रमित भएका छन् ।
नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ । हाल देशभर १२ हजार ६ सय ९० जना कोरोना भाइरसका सक्रिय संक्रमित  रहेका छन् ।
कोरोना सङ्क्रमणका कारण आज थप ५ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार १ सय १७ पुगेको छ ।
कोरोना सङ्क्रमणबाट आज २ सय ५२ जना निको भएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ७६ हजार ३ सय ४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार