काठमाण्डौंः कोरोना भाइरस सङ्क्रमणबाट सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका–२ गैरा गाउँका ८२ वर्षीय राम बहादुर खत्रीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानले जानकारी दिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार मृतक खत्रीको एन्टी जीन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । विगत एक हप्तादेखि रामी भएका खत्रीको ९आज० बिहीबार घरमै मृत्यु भएको स्वास्थ्य सेवा प्रमुख दशरथ श्रेष्ठले बताउनुभयो।
खत्री नेपाल प्रहरीका भु।पु। हवलदार हुन । उनका ४६ वर्षीय छोरालाई समेत पोजेटिभ देखिएको छ । घरका अन्य परिवारको परीक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य प्रमुख श्रेष्ठले बताउनुभयो ।
मृतकको शव नेपाली सेना, नेपाल प्रहरी र आफन्तको सहयोगमा दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सल्यानमा दुई हप्ताको बिचमा २५ जनामा कोरोना भाइरस संक्रमित फेला परेका छन् । संक्रमित मध्ये २ जना गम्भीर बिरामी रहेको र एक जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको कार्यालयले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया