काठमाण्डौंः बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ की ७१ वर्षीया महिला, बाँकेकै बैजनाथ गाउँपालिका वडा नम्बर ६ का २८ वर्षीय पुरुष र सल्यानको बनगाड कुपिण्डे ३ का ५६ वर्षीय पुरुषको गएराति मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ भने बाहिरी जिल्लाका ९९ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया