श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कोरोना संक्रमण: अस्पताल भरिएपछि विकल्प खोज्दै सरकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना संक्रमणको चापका कारण कोभिड अस्पतालका बेड तथा आइसियु कक्ष भरिएपछि वैकल्पिक तयारी तीव्र पारेको सरकारले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिनायता नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढेपछि उपत्यकाका कोभिड अस्पताल बिरामीले भरिएका छन्।

अस्पतालमा आवश्यकताअनुसार हाइडिपेन्डेन्सी बेड र अक्सिजन ट्यांक थप्ने तथा जनशक्तिलाई तालिम दिने काम भइरहेको स्वास्थ्य सेवा विभाग उपचारात्मक शाखाका प्रमुख डा. प्रकाश बुढाथोकीले बताए। हाल स्टक रहेको अक्सिजनले दुई महिनामात्रै धान्ने अवस्था छ भने संक्रमणदर बढेपछि चार महिनासम्मलाई पुग्नेगरी खरिद गर्ने तयारी भइरहेको छ। यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अक्सिजन उत्पादक कम्पनीसँग छलफल गरेका छन्। कम्पनीले सरकारको लक्ष्यअनुसार अक्सिजन उत्पादन गर्न सक्ने जानकारी गराएका छन्।

पर्याप्त अक्सिजनका लागि थप २ हजार सिलिन्डर किन्ने तयारी भएको डा.बुढाथोकीले बताए। व्यवसायीले आफैं किनेमा सरकारले कर छुट दिने अथवा सरकारले किनेर व्यवसायीलाई दिने सम्झौता भएको छ। सरकारले ३ सय नर्स, २ सय चिकित्सक र ५ सय स्वास्थ्यकर्मीलाई कोभिड उपचारका लागि भर्चुअल तालिम दिइरहेको छ। यस्तै गत वर्ष घोषणा भएका आइसोलेसन सेन्टरहरू आयुर्वेद अनुसन्धान केन्द्र कीर्तिपुर, मनमोहन अस्पताल, दुवाकोट आइसोलेसन सेन्टर र खरिपाटी केन्द्रलाई पुनः तयारी गरिरहेको मन्त्रालयले जनाएको छ।

हाल उपत्यकाका कोभिड अस्पतालमा सरकारले घोषणा गरेअनुसार ५० प्रतिशत बेड कोभिडको उपचारका लागि मात्र प्रयोग भइनसकेको र सामान्य लक्षण भएका बिरामीलाई पनि अस्पताल भर्ना गरेका कारण बेड अभाव देखिएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले बताए।

कोरोनाका बिरामीको उचित व्यवस्थापनका लागि सामान्य लक्षण भएकाको आइसोलेसन सेन्टरमा र गम्भीर लक्षण भएकाको अस्पतालका हाइडिपेन्डेन्सी युनिटमा उपचार गरिरहेको डा. पौडेलले बताए। ‘बढी लक्षण भएकालाई अक्सिजनबिना उपचार गर्न सकिन्न। सरकार अक्सिजन व्यवस्थापनको तयारीमा पनि छ’, उनले भने।

देशभरिमा हाइडिपेन्डेन्सी बेड २ हजार, आइसियु बेड ५ हजार र भेन्टिलेटर एक हजार पुर्‍याउनेगरी जडान गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। ‘पहिला नै प्रयोग भएका उपकरण हुन्। कोरोना संक्रमण बढेपछि धमाधम जोड्ने काम भइरहेको छ’, डा. बुढाथोकीले भने।

संक्रमणदर २६.४७ प्रतिशत

गत २४ घण्टामा कोरोना संक्रमण दर २६.४७ प्रतिशत देखिएको छ। बिहीबारको तुलनामा यो दर ३.२ प्रतिशतले वृद्धि भएको हो। दुई सातायता दैनिक संक्रमण दर २ देखि ४ प्रतिशतले वृद्धि भइरहेको छ। गत चौबीस घण्टामा देशभरिमा ९ हजार ६ सय ६४ वटा नमुना परीक्षण गर्दा २५ सय ५९ जना संक्रमित भेटिएका छन्। चौबीस घण्टाभित्रमा देशभरिमा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यीसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय २२ पुगेको छ।

गत चौबीस घण्टामा ४ सय १० जना निको भएका छन्। हाल देशभरिमा १४ हजार ७ सय २४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ। तीमध्ये ११ सय ४६ जना संस्थागत आइसोलेसनमा छन् भने आइसियुमा १ सय ७३ र ५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार