श्रावण २, २०८२ शुक्रबार July 18, 2025

काभ्रेमा कोरोना सङ्क्रमण बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)का अनुसार शुक्रबार २३ सङ्क्रमित थपिएका छन् ।

गत बिहीबार १९ मा सङ्क्रमण देखियो भने बुधबार ११ र मङ्गलबार छ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । जिल्लामा हाल ४३ पुरुषसहित ८२ कोरोना सङ्क्रमित रहेको केन्द्रले जनाएको छ । “जिल्लामा कोरोना सङ्क्रमण दर बढिरहेको छ, यस कारण विशेष सावधानी अपनाउनुर्पे देखिन्छ”, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एवं केन्द्रका सदस्यसचिव डा नरेन्द्रकुमार झाले भन्नुभयो । उहाँका अनुसार शुक्रबार यहाँका चार वर्षीय बालकदेखि ८१ वर्षका वृद्धसम्ममा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लामा दिनानुदिन कोरोना सङ्क्रमण दर बढ्दै गएपछि केन्द्रले सार्वजनिकस्थलमा भीडभाड नगर्न आह्वान गर्दै सावधानीपूर्वक सुरक्षाका मापदण्ड अपनाउन अनुरोध गरेको छ । केन्द्रका अनुसार हालसम्म काभ्रेपलाञ्चोकका तीन हजार ४५० भन्दा बढीमा कोरोना सङ्क्रमण भइसकेको छ भने हालसम्म १४ महिलासहित ४५ को मृत्यु भएको छ ।

तेह्र स्थानीय तहमध्ये सबैभन्दा बढी धुलिखेल नगरपालिकामा २६ सङ्क्रमित रहेका छन् । हाल बनेपा नपामा १४, पाँचखालमा सात, पनौतीमा १५, नमोबुद्धमा चार, मण्डनदेउपुरमा छ तथा रोशी गाउँपालिकामा पाँच, चौँरीदेउरालीमा दुई, तेमालमा दुई र भुम्लु गाउँपालिकामा एक सङ्क्रमित रहेका छन् । तीन स्थानीय तह खानीखोला, महाभारत र बेथानचोकमा सङ्क्रमण देखिएको छैन ।

कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारले गत सोमबार देशभरका २५ सहरका शिक्षण संस्था वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेअनुसार काभ्रेपलाञ्चोकको दुई नगर बनेपा र धुलिखेलका शिक्षण संस्था बुधबारदेखि पूर्णरुपमा बन्द गरिएको छ ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार