काठमाण्डौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर ९ हजार २ सय ९२ जनाको पीसीआर गर्दा तीन हजार ३२ जना र ७ सय ६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी ३ हजार एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
आज कोरोना पुष्टि भएका सङ्क्रमितमध्ये १ हजार ४ सय ९ जना काठमाण्डौ उपत्यकाका छन् । आज ४ सय ५० जना निको भएर घर फर्किएका छन् ।
यस्तै सोही अवधिमा थप २८ जनाको मृत्यु भएको छ यो संगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको ३ हजार १सय ६४ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया