श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एकै परिवारका ११ सहित १५ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौंः सप्तरीमा आइतबार एकै परिवारका ११ जनासहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २२ जनाको पीसीआर परिक्षण गराएका मध्ये १५ जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका तरहीका एकै परिवारका ११ जनामा संक्रमण पुष्टि भएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रञ्जित झाले जानकारी दिनुभयो ।
तरहीकी ९५ वर्षीया महिला उपचारका लागि केही दिनअघि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना हुँदा उनको परीक्षणका क्रममा संक्रमण पुष्टि भएको थियो ।  वृद्ध महिलामा संक्रमण पुष्टि भएपछि उनको परिवारका १५ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको डाक्टर झाले बताउनुभयो ।
ती परिवारका ६० वर्षीय एक पुरुष केही दिनअघि मात्र भारतको राजस्थानबाट फर्किएको डाक्टर झाले जानकारी दिनुभयो । संक्रमित ११ जना होम आइसोलेसनमा छन् ।
डाक्टर झाका अनुसार गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा अस्पतालको आकस्मिक कक्षमा उपचाररत २ जना, हनुमान नगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार