श्रावण २, २०८२ शुक्रबार July 18, 2025

बीरगंजमा थप एक कोरोना सङ्क्रमितको मृत्यु – थप ९९ जनामा संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारत थप एक जना कोरोना संक्रमित पुरुषको आज बिहान ९ः३० बजे मृत्यु भएको छ ।

बीरगंज महानगरपालिका वडा नम्बर ६ आदर्शनगर निवासी ६० वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान ९.३० बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड १९ संयोजक डा. सरोज रोशन दासले जानकारी दिनुभयो । उच्च थाईराइड,मुटु सम्बन्धी रोग र निमोनियाबाट ग्रसित पुरुषको गत बैशाख २ गते नारायणी अस्पतालमा गरिएको सिपिआर परीक्षणको क्रममा कोरोना पुष्टि भएको र उनको उपचारकै क्रममा आज मृत्यु भएको डा. दासले बताउनुभयो ।

यो सँगै बीरगंजमा बैशाख १ गते यता कोरोना सङ्क्रमणको कारण ११ जनाको ज्यान गएको छ ।यसैबिच नारायणी अस्पतालमा गरिएको पछिल्लो सिपिआर परीक्षणको क्रममा थप ९९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।१४० जनाको पिसीवर परिक्षण गरिएकोमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।

संक्रमित मध्ये ८६ जना पर्सा जिल्लाको रहेकोमा सम्पुर्ण संक्रमित बीरगंज महानगरपालीकाका स्थानीय बासिन्दा नै रहेको डाक्टर दासले बताउनुभयो ।त्यसैगरी कोरोना संक्रमण पुष्टि हुनेहरूमा बाराका १० जना रौतहटका २ जना र सर्लाहीको १ जनामा कोरोना संक्रमण पुष्टि भएको डाक्टर दासले बताउनुभयो ।

सङ्क्रमितको उमेर समूह १० बर्ष देखी ७२ बर्ष सम्म रहेको र सङ्क्रमितको सिटीभ्यालु १४ दशमलब १ देखी ३४ दशमलब २ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासले जानकारी दिनुभयो ।नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ गते देखि यता गरिएको १६सय ५८ जनाको सिपिआर परीक्षणको क्रममा ९२२ जनामा कोरोना संक्रमण पुष्टि भएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार