श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कोरोनाबाट गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप चारजना मृत्यु भएको छ । वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएर पोखराको मेडिप्लस अस्पतालमा उपचारको क्रममा रहेका पोखरा महानगरपालिका–२५ का ९१ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।

यस्तै शनिबार कोरोना संक्रमण पुष्टि भएर पोखराको मेडिप्लस अस्पतालमा उपचारको क्रममा रहेकी पोखरा महानगरपालिका–१ की ५५ वर्षीय महिलाको सोमबार दिउँसो मृत्यु भएको छ ।यस्तै म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ७८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका वृद्धको मणिपाल शिक्षण अस्पताल पोखरामा सोमबार बिहान सवा ३ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी शनिबार कोरोना संक्रमण पुष्टि भएर लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा रहेका स्याङ्जाको वालिङ नगरपालिका–१२ का ५८ वर्षीय पुरुषको पनि सोमबार मृत्यु भएको हो । गण्डकी प्रदेशमा हाल सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१५ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार