श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेपालमा थप ४ हजार ५ सय २४ जनामा कोरोना संक्रमण – कोरोना सङ्क्रमणबाट १८ जनाको मृत्यु पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा थप ४ हजार ५ सय २४ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । देशभर १४ हजार ६ सय ७२ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ४ हजार ३ सय ६४ जना तथा १ हजार ९ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ सय ६० जना गरी जम्मा ४ हजार ५ सय २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ३ लाख ७ हजार ९ सय २५ पुगेको छ । आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुने दर ९० दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना सङ्क्रमणबाट १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार १ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल, नेपालमा २६ हजार २ सय २५ सक्रिय संक्रमित रहेका छन् ।
सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयको ७ बुँदे निर्देशन
यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ संक्रमित बिरामीको प्रभावकारी उपचार व्यवस्थापनका लागि देशभरका सबै अस्पताललाई ७ बुँदे निर्देशन दिएको छ ।
मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले आज अस्पतालहरूलाई पत्र लेख्दै कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने, बिदा बसेका कर्मचारीलाई तुरुन्त हाजिर हुन निर्देशन दिएको हो ।
यसैगरी अस्पतालमा ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने, दरबन्दी खाली भए तत्काल जनशक्ति व्यवस्थापन गर्ने, बढी जनशक्ति आवश्यक भएमा ६ महिनाका लागि करार सेवा लिने, अस्पतालमा सघन उपचार तथा आकस्मिक उपचारसम्बन्धी आवश्यक उपकरण र अक्सिजनको व्यवस्था गर्न सबै अस्पताललाई निर्देशन दिइएको हो ।
मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीर अधिकारीले हस्ताक्षर गर्नुभएको पत्रमा कोभिड सङ्क्रमितको सङ्ख्याका आधारमा अस्पतालले बहिरङ्ग सेवा स्थगित गर्दै आकस्मिक सेवा सञ्चालन गर्न भनिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार