काठमाण्डौंः अछाममा दुई जना स्वास्थ्यकर्मीसहित थप जनमा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ ।
जिल्लाको बयालपाटा अस्पतालमा थप दुई जना स्वास्थ्यकर्मी र एक जना अन्य बिरामीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ ।
यस्तै जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्ना पाटेखेतमा एन्टिजेन विधिबाट परीक्षण गर्दा २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त रावलले बताउनुभयो ।
उहाँका अनुसार पाटेखेतमा बुधवार २१ जनामा एन्टिजेन विधिबाट परिक्षण गर्दा २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
गत सोमबार बान्नीगढी जयगढ गाउँपालिकामा वडा नम्बर ५ कालिकाको नन्दा माध्यमिक विद्यालयका २४ जना विद्यार्थीमा एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जना विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया