मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

नेपालमा थप ४ हजार ८३१ जनामा कोरोना सङ्क्रमण, ८ सय ८८ कोरोनामुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपालमा कोरोनाभाइरसका चार हजार ८३१ जना सङ्क्रमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा १२ हजार ५९७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ८३१ जनामा सङक्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या तीन लाख १७ हजार ५३० पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ९६३ जनाको एन्टीजेन परीक्षण गरिएको छ । एन्टीजेन परीक्षण गरिएकोमा ९७ जनामा पोजिटिभ देखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया