असार २३, २०८२ सोमबार July 7, 2025

टुटल र पठाओलाई भाडामा यात्रु नबोक्न विभागको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । यातायात व्यवस्था विभागले निजी सवारी साधनलाई भाडामा मान्छे नबोक्न भन्दै सूचना जारी गरेको छ। विभागले यातायात व्यवस्था ऐनमा रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउने प्रावधान रहेकोले सूचना जारी गरिएको जनाएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले टुटल, पठाओ लगायतका सेवालाई पनि समेट्दैन। विभागले जारी गरेको सूचना टुटल, पठाओजस्ता सेवामा पनि लागू हुन्छ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८(२) मा निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइनेछैन भन्ने व्यवस्था रहेको छ। त्यस्तै दफा १२ मा कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न पाइनेछैन ।

विभागले अत्यन्त जरुरी सूचना भन्दै सवारी तथा यातायात व्यवस्था ऐनअनुसार निजी प्रयोजनका लागि दर्ता भएका सवारीले साधनहरु भाडा लिई यात्रु ओसार कानुन उल्लंघन भएको उल्लेख गरेको छ।

निजी सवारीसाधन सार्वजनिक यातायात सेवाको रुपमा प्रयोग गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने बताएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार