असार २५, २०८२ बुधबार July 9, 2025

आज रातिदेखि आन्तरिकतर्फका सबै उडान बन्द – भोलीदेखी भारतसहित तीन देशबाट हुने उडान स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले सोमवार (आज) रातिदेखि लागू हुने गरी आन्तरिकतर्फका सबै उडान बन्द गर्ने निर्णय गरेको छ ।

आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले सोमवार रातिदेखि आन्तरिक उडान र २२ गते अर्थात् भोलि मंगलवारदेखि भारतसहित तीन देशबाट हुने सबै उडान स्थगित गर्ने निर्णय भएको बैठकमा सहभागी कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले जानकारी दिइन् ।

उनका अनुसार मंगलवारदेखि भारत, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि स्थगन गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को सिफारिशमा बैठकले यस्तो निर्णय गरेको छ । पछिल्लो समयमा अत्यधिक मात्रामा कोरोना संक्रमित देखा परेसँगै सरकारले आन्तरिक र बाह्य उडानहरू स्थगन गरेको हो ।

आइतवार नै नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघका अधिकारीहरूबीच भएको छलफलले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सोमवारदेखि १ घण्टामा जम्मा तीनओटा मात्रै उडान गर्ने निर्णय गरेको थियो । आर्थिक अभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार