काठमाण्डौंः सप्तरीका आज थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
जिल्लाको छिन्नमस्ता गाउँपालिका–४ का ३७ वर्षीय पुरुषको विराटनगरस्थित कोशी अस्पतालमा सञ्चालनमा रहेको कोभिड –१९ अस्पतालमा विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।
बिरामी परेपछि उनलाई उपचारको लागि अस्पतलामा भर्ना गरिएको थियो । उपचारको क्रममा कोरोना परीक्षण गर्दा उनमा मंगलबार संक्रमण पुष्टि भएको निमित्त प्रमुख यादवले बताउनुभयो ।
योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया