असार २५, २०८२ बुधबार July 9, 2025

कोरोना नियन्त्रणमा खटिदा मृत्यु भए २५ लाख क्षतिपूर्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रणमा खटिएका चिकित्सकसहित अन्य कर्मचारीको निधन भए २५ लाख रुपैयाँ क्षतिपूर्ति रकम परिवारलाई दिने भएको छ।

बुधबार बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुने गरी प्रदेश सरकारबाट सो रकम दिने निर्णय गरेको हो।

प्रदेश सरकारद्वारा खटाई कोभिड(१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीको कोभिड(१९ का कारणबाट मृत्यु भएमा उक्त रकम प्रदान गरिने सामाजिक विकासमन्त्री उषाकला राईले बताइन्।

‘मन्त्रीपरिषद बैठकले क्षतिपूर्ति दिनेसहितका ५ वटा निर्णय गरेको छ,’ उनले भनिन्, ‘स्वास्थ्यकर्मीसहित कोरोना संक्रमण नियन्त्रणमा खटिनेका लागि विषेश व्यवस्था गर्ने अधिकांश निर्णय छन्।’

बैठकले कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीसहित कर्मचारी संक्रमित भइ बिरामी भएमा प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा लागेको सम्पूर्ण खर्च पनि प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ। साथै, यसरी कोभिड-१९ बाट संक्रमित भइ होम आइसोलेसनमा बस्न सक्ने अवस्था नभइ घरबाहिर संस्थागत वा होटल आइसोलेसनमा बस्दा लागेको सम्पूर्ण खर्च समेत प्रदेश सरकारले व्यहोर्ने बताइएको छ।

यस्तै प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल, कोभिड(१९ उपचार केन्द्र, विराटनगर, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगर तथा प्रदेश सरकार मातहतका सम्पूर्ण अस्पतालको कोभिड वार्डमा प्रत्यक्ष रूपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई सुरू तलव स्केलको पचास प्रतिशत जोखिम भत्ता प्रदान गर्ने पनि निर्णय बैठकले गरेको छ । अन्नपूर्ण पोस्ट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार