असार २३, २०८२ सोमबार July 7, 2025

चीनसँग रेलमार्गबारे मंगलबारबाट बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल र चीनबीच आगामी मंगलबारबाट काठमाडौंमा सीमा वारपार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययनबारे बैठक हुने भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणका बेला नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच भएको एमओयूअनुसार आयोजनाको डीपीआर तयारीबारे छलफल गर्न लागिएको हो ।

बैठकमा चिनियाँ पक्षको नेतृत्व रेल्वे हेर्ने उपमन्त्रीले र नेपाली पक्षको नेतृत्व भौतिक मन्त्रालयका सचिवले गर्नेछन् । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले बिहीबार पदभार ग्रहण गर्दै यस सम्वन्धी कार्यादेशमा हस्ताक्षर गरेका छन ।

मन्त्रालयका सचिव देवेन्द्र कार्कीका अनुसार यो पटकको बैठकले डीपीआर बनाउन सुरु गर्नेबारे अन्तिम टुंगो लगाउनेछ । केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भीक अध्ययन भइसेकेको छ । चिनियाँ परामर्शदाताले तयार गरेको पूर्वसम्भाव्यता अध्ययन रिपोर्टअनुसार यो रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब रुपैयाँ खर्च हुन्छ ।

अहिलेसम्म लगानीको मोडालिटीमा भने दुबै देशले गृहकार्य गरेका छैनन् । परियोजनामा लगानीको लागि अनुदान वा ऋण के र कति हुने भन्नेबारे छलफलसमेत भएको छैन ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण्मा डीपीआर चीनले नै खर्चेर बनाउने समझदारी भएको थियो । अब सो कार्य अघि बढाउन मंगलबारबाट काठमाडौंमा नै द्विपक्षीय बैठक बस्नेछ ।

करिब ७३ किलोमिटर लामो रेलमार्ग बनाउन ९ वर्ष लाग्ने अनुमान छ । रेलमार्गमा ९८.५ प्रतिशत पुल र सुरुङमार्ग हुने प्रारम्भीक अध्ययनले देखाएको छ । नेपाल र चीनबीच ०७२ सालमा व्यापार र पारवहनसम्बन्धी महत्वपूर्ण समझदारी भएको थियो

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार