असार २६, २०८२ बिहिबार July 10, 2025

ओलीको त्यो अडानले एमालेमा कुरा बिगार्‍यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः प्रधानमन्त्री केपी ओली निकटका सुवास नेम्वाङ र विष्णु पौडेल तथा माधव नेपाल निकट रहेका घनश्याम भुसाल, गोकर्ण बिष्ट र योगेश भट्टराईबीच शुक्रबार भएको छलफलमा करिबकरिब सहमति जुटेको थियो।

दुवै पक्षका नेताबीच २०७५ जेठ २ गतेको अवस्थामा पार्टीको बैठक राख्ने त्यही बैठकले माओवादीबाट एमालेमा आएका नेतालाई पनि जिम्मेवारी दिने, महाधिवेशन गर्ने तथा पुरानै स्थायी कमिटी राख्ने विषयमा छलफल भएको थियो। त्यसमा नेपाल पक्षका नेता तयार भएका थिए।

ओली पक्षले पदाधिकारीलाई राख्ने कि नराख्ने भन्नेबारेमा ओलीलाई सोध्नुपर्ने बताएपछि यस विषयमा थप छलफल गर्ने भनिएको थियो। नेपाल पक्षले तत्कालीन जिल्ला अध्यक्षलाई कायम राख्ने भन्दा ओली पक्षले अहिले ओली समूहले नियुक्त गरेका जिल्ला अध्यक्ष कायम हुनुपर्ने अडान लिएको थियो। यस षयमा नेपाल पक्षका नेताले नेपाललाई सोधेर जानकारी दिने भनेका थिए।

ओलीले पदाधिकारी नदिने, हाल नियुक्त जिल्ला अध्यक्ष नहटाउने र नेपाल पक्षका नेताका बारेमा पनि केही नगर्ने जस्ता कुरा राखेपछि नेपाल पक्ष बिच्किएको थियो। ओली पक्षले शुक्रबारको बैठकलाई शनिबार पनि निरन्तरता दिने भनेको थियो तर संवाद नै हुन सकेन।

ओली पक्षले पदाधिकारी नब्युँताउने, साबिकको स्थायी कमिटी होइन, अहिलेको स्थायी कमिटीमा पदाधिकारी थपिने भएमात्रै कुरा अघि बढ्ने नत्र ओली नमानेको जानकारी गराएपछि संवाद टुटेको स्रोतको दाबी छ। ‘ओलीले चाहे एक मिनेटमा विवाद अन्त्य हुन्छ। उनले नै विवाद मिलाउन चाहेका छैनन्, जसरी पनि पार्टीबाट निष्कासन गर्न खोजेका छन्’, नेपाल निकट एक नेताले भने। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार
प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी तीनदिन देखी सम्पर्कविहीन
२०८२ असार २६, बिहिबार
संघीय संसदका ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८२ असार २६, बिहिबार